close

अब बोलपत्र नेपालमामार्फत निजी कम्पनीले समेत बोलपत्र आह्वान गर्न सक्ने

टेकपाना टेकपाना

जेठ २, २०८० १७:१९

अब बोलपत्र नेपालमामार्फत निजी कम्पनीले समेत बोलपत्र आह्वान गर्न सक्ने

काठमाडौं । बोलपत्रसम्बन्धी सूचना दिने बेवसाइट ‘बोलपत्र नेपाल’मा नयाँ सेवा थपिएका छन् । राष्ट्रिय पत्रिकामा प्रकाशित बोलपत्रसम्बन्धी सूचना एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको यो वेबसाइटमा निजी बोलपत्र (प्राइभेट टेन्डर) र ई-बिडिङ सेवा थपिएका हुन् । 

यससँगै अब निजी कम्पनीहरूले आह्वान गर्ने ठेक्काहरू समेत बोलपत्र नेपालमा उपलब्ध हुनेछन् । यो काम निजी कम्पनीहरूले नि:शुल्क रुपमा गर्न पाउने बोलपत्र नेपालका संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक (सीईओ) अमरप्रताप सिंहले बताए । 

उनका अनुसार भौतिक रूपमा हुने बोलकबोल प्रक्रियालाई समेत वेबसाइटमा अनलाइनमार्फत गर्न सकिने बनाइएको छ । यससँगै कम्पनीहरूले जारी गर्ने बोलपत्रमा अनलाइनबाटै ठेकेदार कम्पनीहरूले बोलकबोल गर्न सक्ने छन् । 

सिंहले ईबिडिङले कम्पनीहरूको समय र पैसा बचत गर्न सघाउने बताए । साथै निष्पक्ष रुपमा छिटो र सजिलो तरिकाले समेत बोलपत्रको काम सम्पन्न हुने उनको भनाई छ । 


 

पछिल्लो अध्यावधिक: जेठ २, २०८० १७:१९