close

सरकारको नीति तथा कार्यक्रम: विद्युतीय सवारीको उत्पादन र प्रयोगलाई प्रोत्साहन गरिने

टेकपाना टेकपाना

जेठ ५, २०८० १७:५

सरकारको नीति तथा कार्यक्रम: विद्युतीय सवारीको उत्पादन र प्रयोगलाई प्रोत्साहन गरिने

काठमाडौं । सरकारले विद्युतीय सवारीको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्ने नीति ल्याएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्युतीय सवारीलाई प्रोत्साहन गर्नेगरी नीति आउने जानकारी दिएका हुन् ।

''पेट्रोलियम पदार्थमाथिको परनिर्भरता हटाउन  सरकारले विद्युतीय सवारीको उत्पादन र प्रयोगलाई प्रोत्साहन गरिनेछ,'' उनले उल्लेख गरे ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १७:६