close

दुई वर्षभित्र ५ लाखलाई रोजगारी दिने सरकारको घोषणा

टेकपाना टेकपाना

जेठ ५, २०८० १८:१९

दुई वर्षभित्र ५ लाखलाई रोजगारी दिने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी दुई वर्षभित्र पाँच लाख व्यक्तिलाई रोजगारी दिने घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

''युवासँग सरकार, हुनेछैनन् बेरोजगार अभियान अन्तर्गत थप पाँच लाख आन्तरिक सिर्जना गर्न निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय सीप विकास तथा रोजगार कार्यक्रम सञ्चालन गरिनेछ,'' राष्ट्रपति पौडेलले भने ।

त्यस्तै उत्पादनसँग प्रत्यक्ष जोडिने रोजगार र उद्यमशीलता सम्बन्धित संस्था कोष तथा कार्यक्रमलाई एकीकृत गरिने पनि उनले उल्लेख गरे ।

बजारको मागअनुसार सीपयुक्त मानव संसाधन उत्पादनका लागि सरकारी तालिम प्रदायक संस्थाहरूलाई एकीकरण गरी राष्ट्रिय प्राविधिक तथा व्यावसायिक प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने योजना पनि सरकारले ल्याएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १८:३०