close

ईसेवाको ‘मेरो डिजिटल देश’ अभियान, श्रेष्ठले जिते काठमाडौंमा साढे दुई तल्ले घर

टेकपाना टेकपाना

जेठ १३, २०८० ९:२७

ईसेवाको ‘मेरो डिजिटल देश’ अभियान, श्रेष्ठले जिते काठमाडौंमा साढे दुई तल्ले घर

काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा यूएईमा बस्ने पूर्ण बहादुर श्रेष्ठले काठमाडौंमा घर जित्न सफल भएका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा डिजिटल गोलाप्रथामार्फत श्रेष्ठले घर जित्न सफल भएको घोषणा गरियो ।

विजेता श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिका-४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर पाएका छन् । श्रेष्ठले यूएईबाट ईसेवा मनि ट्रान्सफरमार्फत आफ्नो घरमा रहेका बुबाको बैंक खातामा रेमिट्यान्स पठाएका थिए । 

ईसेवा मनि ट्रान्सफरले विदेशबाट आउने रेमिट्यान्सलाई वैधानिक बनाउन प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षको असोजदेखि यो योजना सञ्चालन गरेको थियो । रेमिट्यान्स पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए । ​

ईसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ईसेवा वालेटका ६० लाखभन्दा बढी प्रयोगकर्ताहरू र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषणको रकम भित्र्याउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १३, २०८० ९:२७