काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवस २०२५ को अवसरमा नवीकरणीय ऊर्जाको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘रुफटप सोलार कर्जा योजना’ सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत होटल, हस्पिटल, कोल्ड स्टोर, हाउजिङ कम्पनी, व्यापारिक भवन, शैक्षिक संस्था लगायतका औद्योगिक र व्यावसायिक भवनले सोलार सिस्टम जडानका लागि सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।
जलविद्युतमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षाको सुनिश्चितता गर्ने, ऊर्जा खपत कम गर्दै वातावरणीय प्रभाव न्यूनिकरण गर्ने र दिगोपन प्रवर्द्धन गर्ने उद्देश्यले यो योजना ल्याइएको बैंकले जनाएको छ ।
मुलुकका ७७ ओटै जिल्लामा सेवा विस्तार गरेको बैंकले ३५४ शाखा, ३८५ एटीएम, २२१ शाखारहित सेवा, ६७ एक्सटेन्सन काउन्टर, तीन वैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट कारोबार गरिरहेको छ ।
बैंकले बैंकिङ सेवाबाहेक अमेरिका, क्यानडा, अष्ट्रेलिया, मलेसिया, जापान, खाडी मुलुकलगायत विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ ।