close

जीडीपीमा घट्यो सूचना तथा सञ्चार क्षेत्रको योगदान

टेकपाना टेकपाना

जेठ १४, २०८० १५:३७

जीडीपीमा घट्यो सूचना तथा सञ्चार क्षेत्रको योगदान

काठमाडौं । कूल गार्हस्थ्य उत्पादनमा सूचना तथा सञ्चार क्षेत्रको योगदान घट्ने अनुमान गरिएको  छ । आइतबार सार्वजनिक आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षणले गत वर्षको तुलनामा यस वर्ष यस क्षेत्रको योगदान घट्ने अनुमान गरेको हो । 

अर्थ मन्त्रालयले सार्वजनिक गरेको सर्वेक्षण अनुसार जीडीपीमा यस वर्ष सूचना तथा सञ्चार क्षेत्रको योगदान १.२ प्रतिशत रहने अनुमान छ । जब कि गत आर्थिक वर्षमा यस्तो योगदान २.१ प्रतिशत रहेको थियो । 

इन्टरनेट सेवाप्रदायकको कारोबार तथा ताररहित सञ्चारमा भएको वृद्धिले सूचना तथा सञ्चार क्षेत्रको कूल मूल्य अभिवृद्धिमा वृद्धि हुने अनुमान छ । आर्थिक वर्ष २०७८/०७९ मा सूचना तथा सञ्चार क्षेत्रको कूल मूल्य अभिवृद्धि ४.१ प्रतिशतले वृद्धि भएकोमा चालू आर्थिक वर्षमा यस्तो वृद्धिदर ४.१ प्रतिशत रहने अनुमान छ । 

विगत दश वर्षमा यस क्षेत्रको औसत योगदान २.३ प्रतिशत र वृद्धिदर ७.५ प्रतिशत रहेको छ ।

पछिल्लो अध्यावधिक: जेठ १४, २०८० १५:३७