काठमाडौं । यात्रु तथा भक्तजनहरूको सहजताका लागि नेपाल सरकारले देशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूमा निःशुल्क वाई-फाईको व्यवस्था गरेको छ । सरकारले दुर्गम क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थलहरूमा यस्तो सेवा सञ्चालन गरेको हो ।
सरकारले सगरमाथा आधार शिविर पदमार्ग, बराह क्षेत्र, अन्नपूर्ण पद मार्ग, मुक्तिनाथ मन्दिर परिसर, जानकी मन्दिर परिसर, पाथीभरा मन्दिर लगायतका क्षेत्रमा निःशुल्क वाई-फाई हटस्पट सञ्चालन गरेको छ ।
यसको साथै हलेसी मन्दिर, गुरुद्वारा, बाराको गढीमाई मन्दिर परिसर र पञ्च कास्मिरी (ताकिया मस्जिद) लगायतका क्षेत्रमा पनि निःशुल्क वाई-फाईको व्यवस्था छ ।
पछिल्लो अध्यावधिक: जेठ १४, २०८० १६:३१
