close

नाफा आर्जन गर्ने सार्वजनिक संस्थानमा विद्युत प्राधिकरणसँग पछि पर्‍यो टेलिकम

टेकपाना टेकपाना

जेठ १४, २०८० १७:७

नाफा आर्जन गर्ने सार्वजनिक संस्थानमा विद्युत प्राधिकरणसँग पछि पर्‍यो टेलिकम

काठमाडौं । नेपाल टेलिकम उच्च नाफा आर्जन गर्ने सार्वजनिक संस्थान मध्येमा नेपाल विद्युत प्राधिकरणभन्दा पछाडि परेको छ । आर्थिक वर्ष २०७८/७९ मा नेपाल विद्युत प्राधिकरणले टेलिकमको तुलनामा चार अर्ब ९० करोड ४० लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ । 

सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०७८/०८९ प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणले १३ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो भने टेलिकमले सोही अवधिमा आठ अर्ब ४७ करोड सात लाख रुपैयाँ मात्र नाफा आर्जन गर्न सकेको थियो । तर त्यसअघि २०७७/०७८ मा भने नेपाल टेलिकम सबैभन्दा बढी नाफा आर्जन गर्ने सार्वजनिक संस्थानको रूपमा रहेको थियो । 

उक्त आर्थिक वर्षमा टेलिकमले सात अर्ब १२ करोड ९४ लाख रुपैयाँ नाफा गर्दा प्राधिकरणको भने छ अर्ब नौ करोड ९४ लाख रुपैयाँ मात्र रहेको थियो । सार्वजनिक संस्थानको खुद नाफामा नेपाल टेलिकमको १९.६९ प्रतिशत र प्राधिकरणको ३१.०९ प्रतिशत योगदान रहेको छ । 

पछिल्लो अध्यावधिक: जेठ १४, २०८० १७:३३