close

अब अनलाइनबाटै कम्पनी दर्ता र खारेज गर्न सकिने

टेकपाना टेकपाना

जेठ १५, २०८० १७:३६

अब अनलाइनबाटै कम्पनी दर्ता र खारेज गर्न सकिने

काठमाडौं । सरकारले अब अनलाइनबाटै कम्पनी दर्ता र खारेजीकाे व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अनलाइनबाटै कम्पनी दर्ता र खारेजी गर्न सकिने प्रक्रियालाई सरल र पारदर्शी बनाउने बताएका हुन् ।

“नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी बृद्धी गर्दा शुल्क लाग्दै आएकोमा अबदेखि कुनै पनि शुल्क र दर्तुर नलाग्ने व्यवस्था मिलाइनेछ,” अर्थमन्त्री महले भने, “न्युनतम एक सय रुपैयाँ अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्नसक्ने कानूनी व्यवस्था गरिनेछ ।”

उनले अगाडि भने, “अनलाइनबाट नै कम्पनी दर्ता र खारेजी गर्ने सकिने गरी प्रक्रियालाई सरल र पारदर्शी बनाइनेछ । विदेशी लगानीमा सञ्चालित लगानीकर्ता तथा सीपयुक्त जनशक्तिको भिसाप्राप्ति प्रक्रियालाई सहज र लचिलो बनाइनेछ ।”

त्यस्तै उद्योग सञ्चालन गर्दा लगानी स्वीकृति लगायतका सेवालाई एकलविन्दु सेवा केन्द्रबाट विद्युतीय प्रणालीमार्फत प्रदान गर्ने व्यवस्था मिलाइने भएकाे छ ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० १७:३६