close

विद्युतीय सवारी उत्पादन गर्न आवश्यक कच्चापदार्थ आयात गर्दा ७५ प्रतिशत भन्सार छुट

टेकपाना टेकपाना

जेठ १५, २०८० २१:३४

विद्युतीय सवारी उत्पादन गर्न आवश्यक कच्चापदार्थ आयात गर्दा ७५ प्रतिशत भन्सार छुट

काठमाडौं । नेपालमा दुई पाङ्ग्रे विद्युतीय सवारी उत्पादन गर्न आवश्यक कच्चापदार्थ आयातमा ७५ प्रतिशत छुट घाेषणा भएको छ । आर्थिक विधेयक २०८० ले विद्युतीय मोटरसाइकल वा स्कुटर उत्पादन गर्ने उद्योगले आफ्नो उत्पादन प्रयोजनका लागि पार्टपुर्जा तथा सहायक सामग्री आयात गर्दा लाग्ने भन्सार महसुलमा ७५ प्रतिशत छुटकाे व्यवस्था गरेकाे हाे । 

त्यसैगरी विद्युतीय रिक्सा उत्पादन गर्ने उद्योगले पनि आफ्नो उत्पादन प्रयोजनका लागि आयात गर्ने पार्टपुर्जा तथा सहायक सामग्री आयात गर्दा ७५ प्रतिशत छुट पाउनेछन् ।

विधेयकअनुसार एसेम्बल गरी सवारीसाधन उत्पादन गर्ने उद्योगले अनएसेम्बल्ड सवारी साधनका सामग्री आयात गर्दा २५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।  

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० २१:३४