close

१०० किलोवाटसम्मका विद्युतीय गाडीमा १० प्रतिशत अन्तशुल्क र ५ प्रतिशत भन्सार वृद्धि

टेकपाना टेकपाना

जेठ १५, २०८० २२:४३

१०० किलोवाटसम्मका विद्युतीय गाडीमा १० प्रतिशत अन्तशुल्क र ५ प्रतिशत भन्सार वृद्धि

काठमाडौं । सरकारले १०० किलोवाट क्षमतासम्मका विद्युतीय गाडीमा १० प्रतिशत अन्तशुल्क र थप पाँच प्रतिशत भन्सार शुल्क लाग्ने भएको छ । सरकारले सोमबार ल्याएको आर्थिक विधेयक २०८० मार्फत सरकारले विद्युतीय गाडीमा लाग्ने कर बढाएको हो ।

यसअघि १०० किलोवाट क्षमतासम्मका विद्युतीय गाडीमा पाँच प्रतिशत भन्सार लाग्दै आएकोमा अब १० प्रतिशत लाग्नेछ । त्यस्तै उक्त क्षमताका विद्युतीय गाडीमा अन्तशुल्क शून्यबाट १० प्रतिशत पुर्‍याइएको छ ।

तर बजेटबाट १०० किलोवाटदेखि २०० किलोवाट क्षमतासम्मका विद्युतीय गाडीको भन्सार ३० प्रतिशतबाट घटाएर १५ प्रतिशत बनाएको छ भने अन्तशुल्क ३० प्रतिशतबाट घटाएर २० प्रतिशत कायम गरेको छ ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० २२:४३