close

१० लाख सम्मले महँगियो बीवाईडी ईभी, कुन गाडीको मूल्य कति ?

टेकपाना टेकपाना

असार २१, २०८१ १८:४१

१० लाख सम्मले महँगियो बीवाईडी ईभी, कुन गाडीको मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा विद्युतीय सवारी बीवाईडी गाडीको मूल्य १० लाख रुपैयाँसम्मले बढेको छ । आर्थिक वर्ष २०८१/८२ को बजेटले विद्युतीय सवारीमा भन्सार कर र अन्तःशुल्कको दायरा परिवर्तन भएसँगै कम्पनीले गाडीहरूको मूल्य बढाएको हो ।

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इङ्कले शुक्रबार बीवाईडीका विभिन्न मोडेलको नयाँ मूल्य सार्वजनिक गरेको छ ।

कुन गाडीको मूल्य कति ?

बीबाईडी एट्टो थी एडभान्स्ड र सुपेरियर गरी दुई भेरियन्टमा उपलब्ध छ । त्यसमध्ये एडभान्स्ड मोडेलको मूल्य यसअघि ५५ लाख ९९ हजार रुपैयाँ थियो । कर हेरफेरसँगै यस भेरियन्टको मूल्य ९१ हजार रुपैयाँले बढेको छ । अब यो गाडी नेपाली बजारमा ५६ लाख ९० हजार रुपैयाँमा खरिद गर्न सकिनेछ ।

त्यस्तै बीवाईडी एट्रो थ्रीको सुपेरियर भेरियन्टको मूल्य एक लाख ९२ हजार रुपैयाँले बढेको छ । यसअघि उक्त भेरियन्टको मूल्य ६५ लाख ८८ हजार रुपैयाँ थियो भने नयाँ मूल्य ६७ लाख ८० हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै बीवाईडीकै अर्को मोडेल डल्फिनको मूल्य एक लाख ३५ हजार रुपैयाँले बढेको छ । यसअघि बीवाईडी डल्फिनको मूल्य ३९ लाख ८० हजार रुपैयाँ रहेकोमा नयाँ मूल्य ४१ लाख १५ हजार रुपैयाँ कायम गरिएको छ । 

बीवाईडी सिल मोडेलको मूल्य डाइनामिक, प्रिमियम र पर्फमेन्स गरी तीन भेरियन्टमा उपलब्ध छ । बीवाईडी सिल डाइनामिक भेरियन्टको मूल्य पाँच लाख रुपैयाँले बढेको छ । यसअघि उक्त गाडीको मूल्य एक करोड पाँच लाख रहेकोमा अब एक करोड १० लाख रुपैयाँ पर्ने भएको छ । 

आर्थिक वर्ष २०८१/८२ को कर प्रणाली लागु हुनुअघि बीवाईडी सिल प्रिमियम भेरियन्टको मूल्य एक करोड ३९ लाख रुपैयाँ रहेको थियो । नयाँ मूल्य छ लाख ५० हजार रुपैयाँले बढेर एक करोड ४५ लाख ५० हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै बीवाईडी सिल मोडेलको फर्ममेन्स भेरियन्टको मूल्य सबैभन्दा अधिक अर्थात् १० लाख रुपैयाँले बढेको छ । यसअघि एक करोड ८५ लाख रुपैयाँ पर्ने गरेकोमा अब एक करोड ९५ लाख रुपैयाँमा खरिद गर्न सकिनेछ । 

पछिल्लो अध्यावधिक: असार २१, २०८१ १८:४७