close

३ हजार मूल्यमा रिभरसङको नयाँ इयरबड नेपाली बजारमा

टेकपाना टेकपाना

जेठ १९, २०८० १६:२५

३ हजार मूल्यमा रिभरसङको नयाँ इयरबड नेपाली बजारमा

काठमाडौं । रिभरसङले आफ्नो नयाँ मोडेलको इयरबड 'एयरफ्लाई एलथ्री' नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपाली बजारका लागि रिभरसङको आधिकारिक बिक्रेता केमियो इन्टरनेसनलले एयरफ्लाई एलथ्री सार्वजनिक गरेको हो ।

यसमा एचडी स्टेरियो साउन्ड र लसलेस अडियोको सुविधा रहेको छ । कम्पनीले यसमा भ्वाइस असिस्टेन्ट र सिरीलाई समावेश गरेको छ । ब्लुटुथ ५.३ कनेक्सन भएको यो इयरबड स्वेट प्रुफ अर्थात् पसिनाले असर नगर्ने कम्पनीको दाबी छ । जसका लागि डिभाइसले ५.० आईपीएक्स रेटिङ पाएको छ ।

कम्पनीले एयरफ्लाई एल थ्री १० मिटर टाढाबाट पनि डिभाइसमा कनेक्ट गर्न सकिने जनाएको छ । यसमा २५ एमएएचको ब्याट्री क्षमता तथा चार्जिङ केसमा २०० एमएएच ब्याट्री क्षमता रहेको छ ।

यो इयरबडको प्लेब्याक टाइम भने ५ घण्टासम्म रहेको छ । उक्त केसले एउटा इयरबडलाई छ पटकसम्म चार्ज गर्नसक्ने कम्पनीको दाबी छ ।

टाइप-सी चार्जिङ इन्टरफेस भएको यो इयरबड अमेरिकाको क्यालिफोर्नियामा डिजाइन गरिएको हो, जसमा कम्पनीले एक वर्षको वारेन्टी दिएको छ ।

२० हर्जदेखि २० किलोहर्ज फ्रिक्वेन्सी रहेको इयरबडको स्पिकरको साइज १३ एमएम रहेको छ । कम्पनीले नेपाली बजारमा एयरफ्लाई एलथ्रीको मूल्य दुई हजार ९९९ रुपैयाँ राखेको छ ।

पछिल्लो अध्यावधिक: जेठ २१, २०८० ११:२८