close

मध्य बानेश्वरमा सामसङको नयाँ सर्भिस सेन्टर

टेकपाना टेकपाना

जेठ २२, २०८० १६:३

मध्य बानेश्वरमा सामसङको नयाँ सर्भिस सेन्टर

काठमाडौं । सामसङले काठमाडौंको मध्य बानेश्वरमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएकाे छ ।

सो उद्घाटन समारोहमा सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्क, निर्देशक प्रणय रत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आईएमएसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्रा र आईएमएसका सेल्स हेड कैलाश ऐरको समेत उपस्थिति रहेको थियो ।

यो सहित देशभर सामसङको आधिकारिक सर्भिस सेन्टर २१ स्थानमा विस्तार भएको छ । बिक्री पछिको गुणस्तर सेवा लगायत ग्राहकहरूको लागि निरन्तर रूपमा ग्राहक–मुखी सेवा प्रदान गर्ने उद्देश्यका साथ हाल सम्मै सामसङले काठमाडौँ उपत्यकाभित्र पाँच ओटा र उपत्यकाबाहिर १५ ओटा सर्भिस सेन्टर पहिलेदेखि नै सञ्चालनमा ल्याएकाे छ ।

बानेश्वरस्थित रहेको २१औँ सर्भिस सेन्टरबाट पनि ग्राहकहरूलाई भरपर्दो एवं सुलभ सेवा प्रदान गर्ने कम्पनीको विश्वास छ । सर्भिस सेन्टरमा वारेन्टी भएको र नभएको दुवै किसिमका सामसङ मोबाइल फोनहरूको मर्मत सेवा प्रदान गरिने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: जेठ २३, २०८० १३:२७