close

ग्राहकको गोपनीयतालाई सधैं सम्मान गर्छौंः नेपाल टेलिकम

टेकपाना टेकपाना

जेठ २३, २०८० १४:८

ग्राहकको गोपनीयतालाई सधैं सम्मान गर्छौंः नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमका सेवाका सुरक्षाप्रति शंका व्यक्त गर्दै समाचार प्रकाशन भएपछि नेपाल टेलिकमले खण्डन गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै कम्पनीले ग्राहकको गोपनीयतालाई सधैंं सम्मान गर्ने र यसको सुरक्षा र गोपनीयतामा एकरत्ति पनि सम्झौता हुन नदिने प्रतिबद्धता जनाएको छ ।

राज्यका अधिकारप्राप्त निकायबाट हुने कुनै अनुसन्धानको प्रक्रियामा प्रचलित कानून बमोजिम सम्मानित अदालतको आदेशपछि मात्र अन्य दूरसञ्चार सेवा प्रदायकहरूले झैँ कम्पनीले विवरणहरू उपलब्ध गराउने कम्पनीकाे भनाइ छ ।

''कम्पनीका सेवाहरू अत्यन्त भरपर्दा र सुरक्षित बनाई ग्राहकवर्गको गोप्यता कायम गर्न हामी अत्यन्त संवेदनशील रहेको ब्यहोरा जानकारी गराउँदै कम्पनीका सेवा निर्धक्क भएर प्रयोग गर्नुहुन अनुरोध छ,'' कम्पनीले भनेकाे छ ।

पछिल्लो अध्यावधिक: जेठ २३, २०८० १४:८