close

पुरानो फोनसँग साओमी, रेड्मी वा पोकोको नयाँ फोन साट्न मिल्ने

टेकपाना टेकपाना

जेठ २५, २०८० १०:३

पुरानो फोनसँग साओमी, रेड्मी वा पोकोको नयाँ फोन साट्न मिल्ने

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले ‘भव्य एक्सचेन्ज’ अफर सार्वजनिक गरेको छ । आफूले हाल चलाउँदै गरेको कुनै पनि ब्रान्डको स्मार्टफोन नयाँ साओमी, रेड्मी वा पोको फोनसँग साट्न सकिने गरी कम्पनीले यस्तो अफर ल्याएको हो ।

साथै ग्राहकहरूले रेड्मी १२ फाइभजी खरिद गर्न चाहेमा थप एक हजार रुपैयाँ छुट दिने कम्पनीले जनाएकाे छ । साओमीले आफ्नो ग्राहक आधार विस्तार गर्ने लक्ष्यका साथ यो अफर ल्याएको हो ।

नयाँ फोनसँग आफ्नो पुरानो स्मार्टफोन साट्न सकिने अवसरले ‘विद्युतीय फाेहर’ घटाउने र दिगोपन प्रवर्द्धन हुने कम्पनीको विश्वास छ । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पाण्डाले एक्सचेन्ज अफरमार्फत ग्राहकहरूलाई अझ बढी किफायती मूल्यमा आफ्ना स्मार्टफोन उपलब्ध गराउन पाउँदा उत्साहित रहेको बताए ।

कम्पनीका अनुसार साओमीका कुनै पनि आधिकारिक रिटेल स्टोरमा गएर ट्रेड–इन प्रक्रिया सुरु गरी सहजै एक्सचेन्ज अफरमा सहभागी हुन सकिनेछ ।

यसबाहेक ग्राहकहरूले ‘नयाँ पुरानो एक्सचेन्ज’ मोबाइल एपबाट पनि आफ्नो हालको फोनको अवस्था जाँच गरी तत्काल मूल्याङ्कन गराउन सक्नेछन् ।

नयाँ साओमी, रेड्मी वा पोको स्मार्टफोनको मूल्यबाट मूल्याङ्कन रकम घटाएर अपग्रेड गर्न खोज्ने ग्राहकका लागि यो अफर अझै आकर्षक बन्ने अपेक्षा गरिएको छ।

साओमीको एक्सचेन्ज अफर जुन २ देखि देशभर लागू भएको बताइएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २५, २०८० १०:३