close

लुम्बिनी प्रदेशका सार्वजनिक सवारीमा अब डिजिटल भाडा

टेकपाना टेकपाना

जेठ २६, २०८० १३:३०

लुम्बिनी प्रदेशका सार्वजनिक सवारीमा अब डिजिटल भाडा

काठमाडौं । लुम्बिनी प्रदेशमा चल्ने सार्वजनिक सवारीमा डिजिटल माध्यमबाट भाडा भुक्तानी गर्ने व्यवस्था ल्याइने भएको छ । शुक्रबार आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले यस्तो जानकारी दिएका हुन् ।

''निजी क्षेत्रसँगको सहकार्यमा विद्युतीय प्रणालीबाट सवारी भाडा भुक्तानी गर्ने व्यवस्था मिलाइनेछ,'' उनले भने ।

साथै प्रदेशका सम्पूर्ण सवारी साधनको हस्तलिखित अभिलेखलाई विद्युतीय प्रणालीमा प्रविष्ट गरी यातायात प्रशासनलाई एकद्धार प्रणालीमार्फत व्यवस्थापन गर्दै नियमनलाई थप प्रभावकारी बनाइने उनले उल्लेख गरे ।
 

पछिल्लो अध्यावधिक: जेठ २६, २०८० १४:२९