close

इन्टरनेट नहुँदा ईसेवा एपबाट यसरी गर्नुहोस् मोबाइल रिचार्ज

टेकपाना टेकपाना

जेठ २७, २०८० १६:४९

इन्टरनेट नहुँदा ईसेवा एपबाट यसरी गर्नुहोस् मोबाइल रिचार्ज

काठमाडौं । कहिलेकाहीँ मोबाइलमा ब्यालेन्स नहुनु र इन्टरनेट नहुनु एकैपटक हुनसक्छ । यस्तो अवस्थामा के गर्ने त ? मोबाइल टपअपको प्रचलनले सबैतिर रिचार्ज कार्ड उपलब्ध हुँदैन । हुन त टेलिकम कम्पनीहरूले ब्यालेन्स सापटी लिने सुविधा पनि दिएका छन् । तर यसमा धेरै रकम हुँदैन ।

यस्तो अवस्थामा के गर्ने त ? यदि तपाईँ ईसेवा वालेट चलाउनुहुन्छ, वालेटमा पैसा छ भने यसमार्फत इन्टरनेट नभएको अवस्थामा पनि मोबाइल टपअप गर्न सक्नुहुन्छ ।

यसका लागि तल दिइएका प्रक्रिया अपनाउनुहोस्: 

- ईसेवा एप खोल्नुहोस् । एप खोल्ने बित्तिकै होम पेजमा तपाईँ इन्टरनेटको पहुँचमा नभएको र ईसेवा एसएमएस मोडमा चल्ने भनेर सूचना दिइएको हुन्छ । 

- 'टपअप' अप्सनमा ट्याप गर्नुहोस् ।

- आफ्नो मोबाइल नम्बर टाइप गर्नुहोस् अथवा आफूले रिचार्ज गर्न चाहेको कुनै पनि एनसेल वा नेपाल टेलिकमको माेबाइल नम्बर राख्नुहोस् । 

- यसपछि अमाउन्ट (amount) मा ट्याप गर्नुहोस् । यहाँ भने तपाईँले अनलाइन टपअप गर्ने समयमा जस्तो कति ब्यालेन्स हाल्ने भन्ने अप्सन भन्ने हुन्न । अफलाइन रिचार्ज गर्दा तपाईँले १०० रुपैयाँदेखि सुरु गरेर २००० रुपैयाँसम्म रिचार्ज गर्न सक्नुहुन्छ । 

- आफूले रिचार्ज गर्न चाहेको रकममा ट्याप गरेपछि 'प्रोसिड' (Proceed) मा ट्याप गर्नुहोस् । 

- यसपछि 'कन्फर्म' (confirm) मा ट्याप गर्नुहोस् । 

- आफ्नो एमपिन नम्बर थिचेर सब्मिट गर्नुहोस् । 

- यसपछि भने ब्यालेन्स रिक्वेस्टको मेसेज सहितको तपाईँको एसएमएस बक्स खुल्नेछ । यसरी खुलेको एसएमएस सेन्ड गर्नुहोस् ।

- एसएमएस सेन्ड भएपछि तपाईँको मोबाइल रिचार्ज हुनेछ ।

पछिल्लो अध्यावधिक: जेठ २७, २०८० १६:५९