close

नेपाली बजारमा ८ लाखले घट्यो बीवाईडी एट्टो थ्रीको मूल्य

टेकपाना टेकपाना

जेठ ३०, २०८० १२:२४

नेपाली बजारमा ८ लाखले घट्यो बीवाईडी एट्टो थ्रीको मूल्य

काठमाडौं । १५० किलोवाट क्षमताको बीवाईडी एट्टो थ्रीको मूल्य सात लाख ९१ हजार रुपैयाँले घटेको छ । बीवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इन्कले आर्थिक वर्ष २०८०/८१ को बजेटपछि हालै नयाँ मूल्य सार्वजनिक गरेको हो ।

अब ग्राहकले उक्त भेरियन्टकाे बीवाईडी एट्टो थ्री ८१ लाख ९९ हजार रूपैयाँ मा किन्न सक्नेछन् । १५० किलोवाट क्षमताको उक्त मोडेलमा ६० किलोवाट आवर क्षमताको ब्याट्री छ । यसले एक पटकको फुल चार्जमा ४२० किलोमिटर रेञ्ज दिन्छ ।

त्यस्तै कम्पनीले १०० किलोवाट क्षमताको मोटर भएको बीवाईडी एट्टो थ्रीको मूल्य भने ९८ हजार रुपैयाँले बढाएको छ । ६० किलोवाट आवर क्षमता ब्याट्री भएको सो भेरियन्टको मूल्य यसअघि ६४ लाख ९० हजार रुपैयाँ रहेको थियो । अब ६५ लाख ८८ हजार रुपैयाँमा उक्त भेरियन्ट खरिद गर्न सकिन्छ ।

यसैबीच कम्पनीले अबको एक-दुई दिनभित्र नेपालमा ५० किलोवाट आवर क्षमता ब्याट्री भएको बीवाईडी एट्टो थ्री भित्र्याउने तयारी गरेको छ । यसको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ पर्ने बताइएको छ । यसमा १०० किलोवाट क्षमताको मोटर हुनेछ भने एक पटकको चार्जमा ३५० किलोमिटर रेञ्ज दिने कम्पनीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८० १२:२४