काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो वेबसाइट अपग्रेड गरेकाे छ । नयाँ वेबसाइटमा डिजाइन परिवर्तनसँगै केही नयाँ फिचर थप गरिएको छ । सबै प्रकारका डिभाइसमा सहज रूपमा प्रयोग गर्न सकिनेगरी नयाँ वेबसाइट डिजाइन गरिएको बैंकले जनाएको छ ।
वेबसाइटको मुख्य विशेषताको रुपमा 'भ्वाइस कमान्ड' फिचर छ । अब प्रयोगकर्ताले वेबसाइटमा आफूले खोजेको कुरा भ्वाइस कमान्डमार्फत खोज्न सक्नेछन् ।
साथै ‘कस्टमर जर्नी म्यापिङ’ सिस्टममार्फत ग्राहकले वेबसाइटमा आफ्ना पुराना गतिविधिहरू पनि हेर्न सक्नेछन् ।
"मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याब जस्ता डिभाइसहरुमा फिट हुनेगरी डिजाइन गरिएको नयाँ वेबसाइटमा प्रयोगकर्ताहरुको डेटा सुरक्षालाई ध्यानमा राखेर विशेष सुरक्षा प्रणाली अपनाइएको छ," बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले बताए । वेबसाइटमार्फत अनलाइन खाता, भिडिओ केवाईसी अद्यावधिक, खातामा प्यान अद्यावधिक, अनलाइन डिम्याट, शेयर आवेदन, मर्चेन्ट आवेदन, ई-सर्भिसमार्फत विभिन्न भुक्तानीहरू गर्न मिल्ने उनले बताए ।