close

पठाओ, इनड्राइभ जस्तै बजारमा नयाँ राइड शेयरिङ कम्पनी आउँदै

टेकपाना टेकपाना

असार २, २०८० ११:१६

पठाओ, इनड्राइभ जस्तै बजारमा नयाँ राइड शेयरिङ कम्पनी आउँदै

काठमाडौं । नेपाली बजारमा नयाँ राइड शेयरिङ कम्पनी आउने भएको छ । 'ई-सवारी' नामक नयाँ राइड शेयरिङ कम्पनीले आफ्नो सेवा विस्तार गर्ने तयारी गरेको हो ।

पहिलो चरणमा मधेस प्रदेशबाट सेवा सञ्चालन गर्ने ई-सवारीका सञ्चालक सुनिल यादवले जानकारी दिए । उनका अनुसार अहिले राइडर भर्ना गर्ने काम भइरहेकाे छ ।

नयाँ लक्ष्य र उपभोक्तालाई फरक अनुभूति दिने गरी ई-सवारी आउन लागेको बताउँदै उनले पर्साको वीरगंजमा सेवा सुरुमा हुने र देशका १० बढी सहरमा विस्तार गर्ने योजना रहेको उल्लेख गरे ।

पछिल्लो अध्यावधिक: असार २, २०८० ११:१७