काठमाडौं । विद्युतीय सवारी बिक्री गर्ने देशमा चीन विश्वमै पहिलो नम्बरमा छ । यसपछि युरोपेली देशहरूले चीनलाई पछ्याइरहेका थिए । तर अब अमेरिका विश्वकै सर्वाधिक ईभी बिक्री गर्नेमा दोस्रो देश बन्ने दौडमा छ ।
काउन्टरपोइन्टले हालै सार्वजनिक गरेको एक रिपोर्टका अनुसार सन् २०२३ को पहिलो त्रैमासिकमा अमेरिकामा ईभी बिक्री ७९ प्रतिशतले वृद्धि भएको छ । अमेरिकाले विद्युतीय सवारीका लागि ल्याएको नयाँ कर नीतिका कारण ब्रिकी बढेको रिपोर्टमा उल्लेख छ ।
अमेरिकी बजारमा सबैभन्दा धेरै बिक्री हुने ईभीमा टेस्ला (६२.७ प्रतिशत) रहेको छ । कम्पनीको मोडेल वाई र मोडेल थ्री सबैभन्दा धेरै बिक्री हुने कम्पनीमा रहेको छ ।
यस्तै दोस्रो नम्बरमा ७.६ प्रतिशत बजार हिस्सासहित जीएम रहेको छ । तेस्रो स्थानमा भने ६.३ प्रतिशत बजार हिस्सासहित फक्सवागन रहेको छ ।
अमेरिकी विद्युतीय सवारीको बिक्री यही हिसाबले अगाडि बढ्यो भने सर्वाधिक ईभी बिक्री गर्ने देशहरूको सूचीमा अमेरिका दोस्रो हुने रिपोर्टको विश्लेषण छ ।