close

जुकरबर्ग भिड्न तयार भए मार्सल आर्ट सिक्छुः एलन मस्क

टेकपाना टेकपाना

असार १०, २०८० १२:३८

जुकरबर्ग भिड्न तयार भए मार्सल आर्ट सिक्छुः एलन मस्क

काठमाडौं । एलन मस्कले मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्ग केज फाइट (फलामको रिङभित्र खेलिने) का लागि तयार भए आफू मार्सल आर्टको तालिम लिने बताएका छन् । ‍

जापानी मार्सल आर्ट जियु-जित्सु (Jiu-jitsu) सिकेका मार्क जुकरबर्गसँग मस्कले मंगलबार लस भे‍गसमा केज फाइट खेल्न तयार भएको ट्वीट गरेका थिए । 

“मैले अझै तालिम सुरु गरेको छैन । यदि यो सम्भव भयो भने म तालिम लिनेछु,” मस्क एन्ड स्पेस रेस (Musk and Space Race) की लेखक एश्ली भेन्ससँग मस्कले गरेको कुरालाई उदृित गर्दै रोयटर्सले लेखेको छ । 

रोयटरसका अनुसार मस्कले एक अनौपचारिक कार्यक्रममा यो भिडन्त वास्तवमै हुने बताएका छन् । मस्क र जुकरबर्गबीच ट्वीटर र इन्स्टाग्राम पोस्टलाई लिएर भिड्ने बताए पनि औपचारिक रूपमा केज फाइट हुने वा नहुनेबारे अहिलेसम्म पनि स्पष्ट छैन । 

यो पनि पढ्नुहोस्ः 

सिङ्गल सिङ्गल भिड्दै एलन मस्क र मार्क जुकरबर्ग !

मार्क जुकरबर्ग र एलन मस्क किन एक-अर्काका कट्टर विरोध गर्छन् ?

पछिल्लो अध्यावधिक: असार १०, २०८० १२:३८