close

भरतपुर महानगरपालिकाले अब विद्युतीय सवारी मात्रै प्रयोग गर्ने

टेकपाना टेकपाना

असार ११, २०८० १३:५३

भरतपुर महानगरपालिकाले अब विद्युतीय सवारी मात्रै प्रयोग गर्ने

चितवन । भरतपुर महानगरपालिकाले आउने दिनमा विद्युतीय सवारी मात्र खरिद गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रममार्फत महानगरले यस्ताे निर्णय गरेकाे हाे ।

साथै महानगरले वडा नं. १ को रामनगरमा चार्जिङ स्टेसन स्थापना गर्ने घोषणा पनि गरेको छ । यो चार्जिङ स्टेशन देशकै उत्कृष्ट र सुविधा सम्पन्न चार्जिङ स्टेसन हुने महानगरले जनाएको छ ।

गीतानगर, चनौली, नारायणगढ बसपार्क र महानगर परिसरमा समेत विद्युतीय सवारी चार्जिङ स्टेसन स्थापना गर्ने योजना ल्याइएकाे छ ।


 

पछिल्लो अध्यावधिक: असार ११, २०८० १३:५३