close

सीजी मोटर्सको नेटा भी शोरुम पोखरामा, विद्युतीय ट्याक्सी र माइक्रोबस पनि उपलब्ध हुने

टेकपाना टेकपाना

असार ११, २०८० १४:३८

सीजी मोटर्सको नेटा भी शोरुम पोखरामा, विद्युतीय ट्याक्सी र माइक्रोबस पनि उपलब्ध हुने

कास्की । पोखराको आर्चलबोट चोकमा सीजी मोटर्स (नेटा) को शोरुम सञ्चालनमा आएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सङले उक्त शोरुमको उद्घाटन गरे ।

सो अवसरमा बोल्दै राजदूत सङले ​नेपालमा ग्रीन इनर्जीको सम्भावना अध्ययन गर्न र आत्मनिर्भरतातिर जान चीनले साहयोग गर्ने भनाइ राखे । साथै नेपाल सरकारसँगको सहकार्यमा प्रमुख राजमार्ग तथा ठूला सहरहरूमा चर्जिङ स्टेसनको विकास गर्ने बताए ।

सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हमेन्त अग्रवालले पोखरावासीले अब सहज रुपमा नेटा भीको अनुभव गरी खरिद गर्न सक्ने बताए ।

उक्त कार्यक्रममा चिनियाँ राजदूत सङले पोखराका लागि पहिलो विद्युतीय ट्याक्सी र माइक्रो बसको हस्तान्तरण गरे । यी गाडी पनि उक्त शोरुममा उपलब्ध हुने बताइएकाे छ ।

साथै गण्डकी प्रदेशमा ईभी ट्याक्सी र विद्युतीय माइक्रो बसका लागि सीजी मोटर्सले आधिकारिक बिक्रेताका रूपमा विश्वकर्मा अटो मोटर्सलाई नियुक्त गरेको छ ।

पछिल्लो अध्यावधिक: असार ११, २०८० १४:३८