close

डिशहोमका ग्राहकले २१ ओटा नेपाली चलचित्र निःशुल्क हेर्न पाउने

टेकपाना टेकपाना

असार २०, २०८० १३:३८

डिशहोमका ग्राहकले २१ ओटा नेपाली चलचित्र निःशुल्क हेर्न पाउने

काठमाडौं । डिशहोमका टेलिभिजन ग्राहकले यो वर्षभर २१ ओटा नेपाली चलचित्र हेर्न पाउने भएका छन् । डीटीएच र आईपीटिभी दुवै प्लेटफर्मका ग्राहकले अतिरिक्त शुल्क नतिरिकन चलचित्र हेर्न पाउने भएका हुन् ।

यसअन्तर्गत असार १६ गतेदेखि रमाइलो टेलिभिजन र प्लस मुभी च्यानलमा 'प्रेम गीत ३' चलचित्र प्रदर्शन गरिएको कम्पनीले जनाएको छ । त्यस्तै 'चिसो मान्छे' चलचित्र चाँडै नै प्रदर्शन गरिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार ओएसआर डिजिटलमार्फत एक्स्क्लुसिभ राइट लिएर 'प्रेम गीत ३', 'चिसो मान्छे', 'छक्का पञ्जा ४', 'नाई नभन्नु ल ६', 'झिगेदाउ', 'प्रसाद २' सहित २१ ओटा चलचित्र देखाउन लागिएको हो ।

यी चलचित्र डिशहोमको सम्पूर्ण प्याकेजका ग्राहकहरुले हेर्न सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असार २०, २०८० १३:४४