close

आकर्षक नयाँ फ्ल्यागशिप स्मार्टफोन रियलमी ११ प्रो फाइभजी नेपाल आउँदै, कति होला मूल्य ?

टेकपाना टेकपाना

असार २१, २०८० ८:५१

आकर्षक नयाँ फ्ल्यागशिप स्मार्टफोन रियलमी ११ प्रो फाइभजी नेपाल आउँदै, कति होला मूल्य ?

 

काठमाडौं । रियलमीको नयाँ स्मार्टफोन ११ प्रो सिरिज फाइभजी अब चाँडै नेपाली बजारमा उपलब्ध हुने भएको छ । कम्पनीले प्रेस विज्ञप्ति मार्फत यसको जानकारी दिएको हो । 

यो फ्ल्यागशिप क्यामेरा फोन फोटोग्राफीमा रुचि राख्ने प्रयोगकर्ता प्रति लक्षित गरिएको छ । यो फोनमा क्यामेरा मात्र नभएर यसको डिजाइन पनि आकर्षक छ । 

लिची लेदर ब्याक र लेसले वरिपरी घेरिएको मोबाइलको क्यामरा लोभ्याउने किसिमको छ ।  फोनमा १०० मेगापिक्सेल क्यामरा, विलासी शैलीको डिजाइन, ५००० एमएएच क्षमताको ब्याट्री र १०० वाट सुपर भोकचार्जरको साथ आउने रियलमी ११ प्रो फाइभजीमा २०,००० लेभलको अटोमेटेड ब्राइटनेस एडजस्टमेण्ट रहेको छ ।

यो फोनमा १२० हर्जको कर्भ्ड भिजन डिस्प्ले पनि छ । त्यस्तै तपाईंले यसमा २१६० हर्जको डिमिङ फ्रिक्वेन्सी पनि पाउन सक्नु हुन्छ, जुन यो सेग्मेन्टको सबैभन्दा उच्च डिमिङ फ्रिक्वेन्सी भएको कम्पनीले दाबी गरेको छ ।

फोनमा डाइमेन्सिटी ७०५० फाइभजी प्रोसेसर, १२ जीबी र्‍याम, र २५६ जीबीको इन्टर्नल स्टोरेज रहेको छ । यस बाहेक रियलमी यूआई ४.० र डल्बी पानोरामा डुअल स्पिकरले फोनको युजर एक्स्पिरिएन्स अझै निखार्ने आशा गर्न सकिन्छ ।

यो फोन सनराइज बेज, ओएसिस ग्रिन र एस्ट्रल ब्ल्याक जस्ता आकर्षक तीन कलर भेरियन्टमा उपलब्ध हुने बताइएको छ । भारतीय बजारमा ३८ हजार ४०० रुपैयाँ मूल्य रहेको यो स्मार्टफोनलाई नेपालमा कति पर्नेछ भन्ने कुरा कम्पनीले खुलाएको छैन । यद्यपि यसको मूल्य ४० हजार रुपैयाँदेखि ४४ हजार रुपैयाँ हुने अनुमान भने गर्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: असार २१, २०८० ८:५४