काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक भए लगतै नतिजा हेर्ने सरकारी साइट डाउन भएका छन् ।
विशेषगरी राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलय कक्षा दश, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी र नेपाल टेलिकमको साइट डाउन भएका छन् ।
यसो त नतिजा सार्वजनिक भएपछि सबैभन्दा पहिले आईभीआर तथा एसएमएसबाट हेर्ने सुविधा दिएको हुन्छ । त्यसपछि मात्र ग्रेडसहितको नतिजा अनलाइनबाट हेर्न सकिन्छ ।
तर, नतिजा उपलब्ध गराउने डट जीओभी डट एनपी साइटहरू भने सुरुवातमै डाउन भएका छन् । एसईई रिजल्ट देखाउने नेपाल टेलिकमको वेबसाइट खोल्दा सेक्युरिटी वार्निङ सहित ‘योर कनेक्सन इज नट प्राइभेट’ भन्ने सन्देश देखिन्छ ।
रिजल्ट देखाउने अन्य केही वेबसाइटहरू पनि खुलेका छैनन् भने केही साइटले पेज लाइभ गरेपनि नतिजा छिट्टै उपलब्ध हुँदैछ भन्ने सूचना दिएका छन् ।