close

फाइभजी सेवा विस्तार गर्न सवा २ खर्ब बराबरको नोकियाको उपकरण किन्दै रिलायन्स जिओ

टेकपाना टेकपाना

असार २३, २०८० १२:५०

फाइभजी सेवा विस्तार गर्न सवा २ खर्ब बराबरको नोकियाको उपकरण किन्दै रिलायन्स जिओ

काठमाडौं । भारतको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी रिलायन्स जिओ इन्फोकमले नोकियासँग फाइभजी उपकरण खरिदका १.७ अर्ब डलर (करिब सवा २ खर्ब नेपाली रुपैयाँ) बराबरको ठूलो सम्झौता गर्ने भएको छ । यसका लागि केही दिनमै फिनल्यान्डमा रहेको नोकियाको मुख्यालयमा यी दुई कम्पनीबीच सम्झौता हुन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

रिलायन्स जिओले गत वर्ष भारतमा वायरलेस सेवाको विस्तारका लागि नोकियालाई प्रमुख आपूर्तिकर्ताको रूपमा चयन गरेको थियो । कम्पनीले नोकियाबाहेक २.१ अर्ब डलर लागतमा स्विडेनी टेलिकम कम्पनी एरिक्सनबाट पनि उपकरण खरिद गरिरहेको छ ।

भारतभर फाइभजी सेवा विस्तारका लागि यी उपकरण प्रयोग गर्ने जिओको योजना छ । उपकरण खरिदका लागि कम्पनीले एचएसबीसी, जेपी मोर्गन, सिटीग्रुप लगायतका विश्वस्तरीय वित्तीय संस्थाहरूबाट रकम जुटाएको छ ।

कम्पनीले गत अगस्टमा नियामकबाट ११ अर्ब डलरको फाइभजी स्पेक्ट्रम प्राप्त गरेको थियो । त्यसयता उसले ६ हजार बढी सहरहरूमा फाइभजी सेवा विस्तार गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असार २३, २०८० १२:५५