close

पर्यटन क्षेत्रलाई डिजिटाइज गर्ने कार्यक्रम ल्याउन निजी क्षेत्रको सुझाव

टेकपाना टेकपाना

असार ३०, २०८० १५:४३

पर्यटन क्षेत्रलाई डिजिटाइज गर्ने कार्यक्रम ल्याउन निजी क्षेत्रको सुझाव

काठमाडौं । पर्यटन व्यवसायीहरूले नेपाल पर्यटनको बोर्डको बजेट पर्यटन क्षेत्रलाई डिजिटाइजेसन गर्नका लागि प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

बोर्डले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याउन लागेको बजेटका सम्बन्धमा निजी क्षेत्रले छलफल गरेको थियो । छलफलको क्रममा पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले बोर्डको बजेट डिजिटाइजेसनलाई जोड दिँदै कार्यान्वयन हुने खालको बजेट ल्याउन सुझाव दिएका हुन् ।

पर्यटन प्रवर्द्धनदेखि अन्य कार्यक्रमहरू डिजिटल माध्यमबाट गरिनुपर्नेमा व्यवसायीहरूले सुझाव रहेकाे थियाे । आगामी आर्थिक वर्षको ८० प्रतिशत बजेटले अन्तर्राष्ट्रिय बजार र बाँकी रकम आन्तरिक पर्यटन प्रवर्द्धन तथा पूर्वाधारमा खर्चिने बोर्डको योजना रहेको

पछिल्लो अध्यावधिक: असार ३०, २०८० १५:४३