close

फेसबुकमा प्रचण्डपत्नी स्व. सीता दाहालका बारेमा असंवेदनशील पोस्ट गर्ने व्यक्ति पक्राउ

टेकपाना टेकपाना

साउन १, २०८० १०:३१

फेसबुकमा प्रचण्डपत्नी स्व. सीता दाहालका बारेमा असंवेदनशील पोस्ट गर्ने व्यक्ति पक्राउ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की दिवाङ्गत पत्नी स्वर्गीय सीता दाहालका बारेमा फेसबुकमा असंवेदनशील स्टाटस लेख्ने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बुटवल देवीनगरका शेरबहादुर राना रहेका छन् । आइतबार पक्राउ परेका रानालाई आज काठमाडौं ल्याउन लागिएकाे साइबर ब्यूराेले जनाएकाे छ ।

“प्रधानमन्त्री पत्नी दाहालका बारेमा सामाजिक सञ्जालमा संवेदनशील पोस्ट राखेको पायौं,” टेकपानासँग कुरा गर्दै ब्यूराेका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति कुमार रायले भने, “आज काठमाडौं ल्याउँदै छौँ । त्यसपछि थप कुराहरू खुल्नेछ ।”

पछिल्लो अध्यावधिक: साउन १, २०८० १०:३७