close

टेलिकमका पोस्टपेड ग्राहकले अनलाइन वा यूएसएसडी कोडबाटै अन्तर्राष्ट्रिय रोमिङ सेवा लिन सक्ने

टेकपाना टेकपाना

साउन ३, २०८० १२:२८

टेलिकमका पोस्टपेड ग्राहकले अनलाइन वा यूएसएसडी कोडबाटै अन्तर्राष्ट्रिय रोमिङ सेवा लिन सक्ने

काठमाडौं । नेपाल टेलिकमको पोस्टपेड मोबाइलमा पनि अब अनलाइन तथा यूएसएसडी कोडबाट रोमिङ सेवा एक्टिभेट गर्न सकिने भएको छ । यसअघि प्रिपेड मोबाइलमा मात्र यो सुविधा उपलब्ध थियाे ।

ग्राहकले आफ्नो मोबाइलबाट *१४१५*७# डायल गरेर प्राप्त निर्देशन अनुसार अन्तर्राष्ट्रिय रोमिङ सेवा लिन सक्नेछन् । योसँगै पोस्टपेड प्रयोगकर्ताले रोमिङ सेवा लिन कम्पनीको काउन्टरमै पुग्नुपर्ने बाध्यता हटेको छ ।

विदेशमा हुने ग्राहकले रोमिङ सुविधाका लागि ईमेल [email protected] मा नेपाल सरकारबाट जारी भएको परिचयपत्रको स्क्यान प्रति र सोही ईमेलबाट प्राप्त हुने फारम भरी सोको स्क्यान प्रति पठाएर सेवा एक्टिभेट गर्न सक्नेछन् ।

यो सेवा सुरु गर्न कम्तीमा ५ हजार रुपैयाँ एडभान्स क्रेडिट लिमिट सञ्चित हुनुपर्ने जनाइएको छ ।

यो सुविधा लिएपछि विदेश गएको समयमा पनि नेपाल टेलिकमकै मोबाइल नम्बर सिम प्रयोग गरी कल गर्न र उठाउन, इन्टरनेट चलाउन तथा एसएमएस पठाउन प्राप्त गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: साउन ३, २०८० १२:४१