close

थेसिस चोरी गरेको पत्ता लगाउने सफ्टवेयर, सबै क्याम्पसलाई युजर आईडी लिन त्रिविको अनुरोध

टेकपाना टेकपाना

साउन ३, २०८० १२:५९

थेसिस चोरी गरेको पत्ता लगाउने सफ्टवेयर, सबै क्याम्पसलाई युजर आईडी लिन त्रिविको अनुरोध

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले प्लेजरिजम (बौद्धिक चोरी) सफ्टवेयरको युजर आईडी लिन अनुरोध गरेको छ । त्रिवि केन्द्रीय पुस्तकालयले एक सूचना जारी गर्दै आङ्गिक क्याम्पस, केन्द्रीय विभाग तथा सम्बन्धन प्राप्त क्याम्पसहरू र अन्य निकायहरूलाई युजर आईडी लिन अनुरोध गरेको हो ।

त्रिविले वि.सं. २०७७ देखि विद्यावारिधि, दर्शनाचार्य र स्नातकाेत्तर तहसम्मकाे अनुसन्धान कार्यमा बौद्धिक चोरीका घटना नियन्त्रण गर्न 'प्लेजरिजम डिटेक्टर सफ्टवेयर' सञ्चालनमा ल्याएको थियो । यद्यपि सबै निकायले आईडी नलिएका कारण त्रिविले यो सूचना प्रकाशित गरेको हो । ती निकायले प्लेजरिजम सफ्टवेयरको युजर आईडी लिन त्रिवि केन्द्रीय पुस्तकालयमा सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ ।

विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरूका थेसिस, प्रोजेक्ट वर्क, फिल्ड रिपोर्ट, इन्टर्नशिप रिपोर्ट, टर्म पेपर लगायतका अनुसन्धान ग्रन्थमा प्लेजरिजम परीक्षण गर्दै आएको छ ।
 

यो पनि हेर्नुहोस्:

त्रिविमा कस्तो छ बौद्धिक चोरी परीक्षणको अवस्था ?

पछिल्लो अध्यावधिक: साउन ३, २०८० १२:५९