close

दराजको ‘महाबचत बजार’, अनलाइन शपिङमा ७० प्रतिशतसम्म छुट दिने

टेकपाना टेकपाना

साउन ४, २०८० १३:१४

दराजको ‘महाबचत बजार’, अनलाइन शपिङमा ७० प्रतिशतसम्म छुट दिने

काठमाडौं । दराज नेपालले २०२३ को लागि आफ्नो वार्षिक अभियान ‘महाबचत बजार’ घोषणा गरेको छ । यस अभियानमा ७० प्रतिशतसम्म छुटको मेगा डिल अफर ल्याएको कम्पनीले जनाएको छ ।

दराजले ईसेवा, आइएमईपे र विभिन्न बैंकमार्फत प्रि पेमेन्टको पनि व्यवस्था गरेको छ, जसमा ग्राहकहरूले १० देखि १५ प्रतिशत छुट (अधिकतम रु. १५००) प्राप्त गर्न सक्नेछन् ।

यस अभियानको गिभअवेमा पानासोनिक २७० एल इन्भर्टर फ्रोस्ट फ्रि डबल डुअल रेफ्रिजेरेटर, पानासोनिक ५५ इन्च फोरके एचडीआर स्मार्ट एन्ड्रोइड एलईडी टिभी र पानासोनिक ८ केजी फ्रन्ट लोड वासिङ मसिन समावेश छ ।

मेगा गिभअवे पुरस्कार जित्न ग्राहकले न्यूनतम रु. ३५०० को प्रि-पेमेन्ट गर्नुपर्ने हुन्छ ।​​ यसका लागि कम्पनीले सानिमा बैंक लिमिटेड, एनआईसी एसिया बैंक लिमिटेड, एनएमबि बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडसँग सहकार्य गरेको छ ।

दराजका अनुसार याे अवधिमा ग्राहकले सेटाफिल ब्रान्डमा फ्ल्याट १५ प्रतिशत छुट, मामाअर्थमा १५ प्रतिशतसम्म छुट, ह्युन्डाईमा ३७ प्रतिशतसम्म छुट, कोनका ब्रान्डमा ३० प्रतिशतसम्म छुट, वनप्लसबाट फ्री डेलिभरी र एक्स्कलुसिभ भाउचरहरू लगायतका सुविधा पाउनेछन् ।

पछिल्लो अध्यावधिक: साउन ४, २०८० १३:१४