काठमाडौं । टाटा मोटर्सले 'मनसुन म्याजिक' नामको एक्सचेन्ज क्याम्प सञ्चालन गर्ने भएको छ । साउन ८ देखि एक हप्तासम्म टाटा माेटर्सका शोरुमहरूमा सञ्चालन हुने यो क्याम्पमा जुनसुकै ब्राण्डको गाडी नेक्सन ईभी तथा टिगोर ईभीसँग साट्न सकिने कम्पनीले जनाएको छ ।
साथै एकै ठाउँबाट ग्राहकको गाडीको मूल्यांकन, एकै ठाउँमा इन्स्योरेन्सको सुविधा, ८० प्रतिशतसम्म नयाँ गाडी फाइनान्सिङको सुविधा पनि दिइने कम्पनीले उल्लेख गरेकाे छ ।
त्यस्तै यो अवधिभर गाडीसम्बन्धी परामर्श तथा सल्लाह सुझाव, नयाँ गाडीको बुकिङ तथा मूल्यांकनसँगै आकर्षक उपहार, निःशुल्क गाडीको थप एक्सेसोरिज पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
''टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको छ,'' कम्पनीले विज्ञप्तिमार्फत भनेकाे छ ।