close

प्रकाश सपुतको ‘दमाई महाराज’ गीत युट्युबको ट्रेन्डिङ नम्बर १ मा

टेकपाना टेकपाना

साउन ६, २०८० १७:३

प्रकाश सपुतको ‘दमाई महाराज’ गीत युट्युबको ट्रेन्डिङ नम्बर १ मा

 

काठमाडौं । कलाकार प्रकाश सपुतको 'दमाई महाराज' बोलको गीत युट्युबकाे ट्रेन्डिङ नम्बर १ मा आएको छ ।

'Prakash Saput'  नामक युट्युब च्यानलमा सार्वजनिक भएको याे गीत (भिडिओ) ले २२ घण्टामा १३ लाख बढी भ्युज पाइसकेकाे छ । यस्तै भिडिओमा ११ हजार भन्दा बढी कमेन्ट गरिएकाे छ ।

प्रकाशका अधिकांश गीतहरूले युट्युबमा सार्वजनिक भएको केही समयमा नै रेकर्ड राख्ने गरेका छन् । गत वैशाखमा उनले ल्याएकाे ‘सकम्बरी’ बाेलकाे गीतले युट्युबमा सात दिनमै एक करोड भ्युज पार गरेर नयाँ रेकर्ड राखेको थियाे ।

पछिल्लो अध्यावधिक: साउन ६, २०८० १७:३