close

सामाजिक सञ्जालमा आलोचित भएपछि लोकसेवा पुस्तकका लेखकले भने- ‘टाइपिङ मिस्टेक भयो’

टेकपाना टेकपाना

साउन ९, २०८० २०:५७

सामाजिक सञ्जालमा आलोचित भएपछि लोकसेवा पुस्तकका लेखकले भने- ‘टाइपिङ मिस्टेक भयो’

 

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा ‘गेम्स्काउट, वन, रक्षक, सफलताको साथी’ नामको लोक सेवा तयारीको पुस्तकमा भएको एक प्रश्न निकै आलोचित बनिरहेको छ । महिलालाई लक्षित गरी आपत्तिजक प्रश्न राखिएको भन्दै सरकारी अधिकृत समेत रहेका लेखक रामएकबल दासको तीव्र आलोचना भएको छ ।

आफू विवादित बनेपछि दासले उक्त प्रश्न टाइपिङ मिस्केट भएको भन्दै स्पस्टीकरण दिएका छन् । “मेरो बुक गेमस्काउट सी.गे. वन र वन्यजन्तु फोकस भएकोमा जङ्गली भालुको प्रवृत्ति प्रकृति बारेमा बताउन खोजेकोमा अन्यथा टाइप भएको बुझिएकोले सो सच्याएर पढिदिनु होला,” साथी भएका व्यक्तिले मात्र देख्न सक्नेगरी राखिएको पोस्टमा दासले लेखेका छन्, “अबदेखि सच्याएर आउँछ । साथै कसैलाई अन्यथा परेकोमा म साह्रै दु:खी छु । त्यसको लागि माफी चाहन्छु । मेरो मनसाय केटी वा दिदी बैनीहरूलाई अपमानित गर्ने पटक्कै होइन ।”

उनले अगाडि लेखेका छन्, “यसमा अथवा अन्य कुनै अरू गलत टाइपको लागि पुनः माफी मागदै सचेत पाठकहरूले मेरो अन्यथा मिस्टेकलाई बेलैमा प्रस्ट पार्ने मौका दिनुभएकोमा सहृदय धन्यवाद दिन चाहन्छु ।” उनले सो पोस्ट राखिसकेपछि धेरैले प्रश्न र उत्तरका विकल्प नै त्यही मनसायले राखेको प्रतिक्रिया दिएका छन् । यस्तो कुरा टाइपिङ मिस्टेक हुँदै नहुने प्रतिक्रिया दिनेहरूको ठहर छ । 

पछिल्लो अध्यावधिक: साउन ९, २०८० २०:५७