close

स्टार्टअप उद्यम नीति ल्याउँदै सरकार, सुझाव दिन सरोकारवालासँग अनुरोध

टेकपाना टेकपाना

साउन १५, २०८० १०:६

स्टार्टअप उद्यम नीति ल्याउँदै सरकार, सुझाव दिन सरोकारवालासँग अनुरोध

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राष्ट्रिय स्टार्टअप उद्यम नीतिको मस्यौदामा सरोकारवाला निकायसँग सुझाव माग गरेको छ । आइतबार एक सूचना प्रकाशित गर्दै मन्त्रालय अन्तर्गतकाे औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखाले मस्यौदा तयार गर्न सरोकारवाला निकायसँग सुुझाव मागेको हो ।

महाशाखाले लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन नीति २०८० को मस्यौदामा पनि रायसुझाव मागेकाे छ । मन्त्रालयको ईमेल ठेगाना ([email protected]) मा १५ दिनभित्र यी मस्यौदामा आफ्नो रायसुझाव दिन सकिनेछ ।

गत आर्थिक वर्षमा स्टार्टअप उद्यम कर्जाका लागि बजेट विनियोजन गरिए पनि स्पष्ट नीति नहुँदा कार्यान्वयनमा आउन सकेकाे थिएन । यही कारण​ सराेकारवालाकाे रायसहित राष्ट्रिय स्टार्टअप उद्यम नीति तयार पार्न लागिएकाे हाे ।

सरकारले चालू आवको बजेटमार्फत स्टार्टअप उद्यम कार्यक्रम सञ्चालन गर्न एक अर्ब बजेट विनियोजन गरेको छ ।

पछिल्लो अध्यावधिक: साउन १५, २०८० १०:१६