close

३ वर्ष सम्ममा नेपालको आफ्नै डिजिटल करेन्सी ल्याउँछौंः गभर्नर अधिकारी

टेकपाना टेकपाना

साउन १५, २०८० १४:१६

३ वर्ष सम्ममा नेपालको आफ्नै डिजिटल करेन्सी ल्याउँछौंः गभर्नर अधिकारी

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले सन् २०२६ भित्र नेपालमा डिजिटल करेन्सी कार्यान्वयनमा ल्याउने भएकाे छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्ताे याेजना सुनाएका हुन् ।

“नेपाल राष्ट्र बैंक चौंथो रणनीतिक योजना अन्तर्गत आगामी दिनहरूमा केन्द्रीय बैंक डिजिटल मुद्रा ल्याउने प्रक्रियामा छ,” उनले भने, “यो २०२६ सम्म स्थापित हुनेछ ।” 

हाल प्रयोगमा रहेको भौतिक मुद्रालाई विस्थापित गर्दै त्यसलाई भर्चुअल रुपमा प्रस्तुत गर्ने गरी राष्ट्र बैंक अघि बढेको हो । 

साे अवसरमा गभर्नर अधिकारीले राष्ट्र बैंककाे मौद्रिक नीति सूचना प्रविधि सम्बन्धी सेवाहरूको निकासीमार्फत विदेशी मुद्रा प्राप्त गर्ने प्रक्रियालाई सहजीकरण गर्नेमा केन्द्रित रहेकाे भनाइ राखे । फिनटेक कम्पनीलाई प्रोत्साहन, अनलाइन भुक्तानी र अनलाइन रेमिट्यान्सको प्रवर्द्धन जस्ता कुराले नेपालमा आईटी सेवालाई थप वृद्धि गर्न मद्दत पुगेको उनले उल्लेख गरे ।

उनका अनुसार जीडीपीमा सूचना, प्रविधि ताथा सञ्चार सेवाको हिस्सा दुई प्रतिशतभन्दा कम छ । पछिल्लो दशकमा यस क्षेत्रले २.३ प्रतिशत वृद्धि हासिल गरेको छ ।

पछिल्लो अध्यावधिक: साउन १५, २०८० १४:१६