close

‘नक्कली भालु’ को भिडिओ भाइरल भएपछि चिडियाखानामा दर्शकको ओइरो

टेकपाना टेकपाना

साउन १६, २०८० २१:१

‘नक्कली भालु’ को भिडिओ भाइरल भएपछि चिडियाखानामा दर्शकको ओइरो

काठमाडौं । चिनियाँ सामाजिक सञ्जालका माध्यममा अहिले एउटा भिडिओ भाइरल बनिरहेको छ । उक्त भिडिओमा भालु मानिसजस्तै ठाडो उभिएको देख्न सकिन्छ । सोही भाइरल भिडिओका कारण चिडियाखानामा भएको भालु नक्कली हो वा सक्कली हो भनी हेर्न जाने पर्यटकको सङ्ख्या ३० प्रतिशतले बढेको छ ।

चिनियाँ सञ्चार माध्यमका अनुसार भिडिओ भाइरल हुन थालेपछि पूर्वी चीनमा रहेको हाङ‍जोउ चिडियाखानामा दैनिक २० हजार बढी पर्यटक आउन थालेका छन् । भाइरल भिडिओमा पनि मान्छेले भालुको कस्ट्युम (भालु जस्तै देखिन मानिसले लगाउने पहिरन) लगाएर चिडियाखानाभित्र बसेको जस्तो देखिने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रतिक्रिया दिइरहेका छन् ।

किनभने मानिसजस्तै भालू कसरी ठाडो उभिन सक्छ ? अनि अर्को कुरा ठाडो उभिँदा ढाड त्यसरी खुम्चिन्छ भन्ने प्रश्न उठाइरहेका छन् । यदि त्यो भालु बनेको मान्छे नै हो भने उसलाई त्यति टाइट भालुको पहिरन लाउँदा गाह्रो भयो होला भन्ने केहीको आशंका छ । घुम्न गएकामध्ये एक पर्यटकले स्थानीय मिडियालाई भने, "इन्टरनेटमा भालु ठाडो उभिएको देखेर वास्तवमा कस्तो होला भन्ने हेर्न रहर लागेर यहाँ आएको हुँ ।"

केहीले उक्त भालु हेर्न रातारात तीव्र गतिमा गुड्ने रेलमा आएको समेत बताएका छन् । केहीले भने मान्छे नै भालु बनेको हो भने उसले गरेको एक्टिङका लागि अक्सर दिनुपर्ने धारणा राखेका छन् ।

तर चिडियाखानाले भने भाइरल भिडिओमा देखिएको भालु वास्तविक भालु भएको तर्क राखेका छन् । "यो चिडियाखाना सरकारी हो," चिडियाखानाका एक कर्मचारीले विच्याटमा लेखेका छन्, "त्यसैले यस्तो कार्य यहाँ हुँदैनन् ।"

 

पछिल्लो अध्यावधिक: साउन १६, २०८० २१:१