close

माछापुच्छ्रे् बैंकले मोबाइल बैंकिङमा ल्यायो अफलाइन ‘ट्याप एन्ड पे’ सेवा

टेकपाना टेकपाना

साउन २७, २०८० १५:३१

माछापुच्छ्रे् बैंकले मोबाइल बैंकिङमा ल्यायो अफलाइन ‘ट्याप एन्ड पे’ सेवा

 

काठमाडौं । माछापुच्छ्रे बैंकले पहिलो पटक मोबाइल बैंकिङ एप्लिकेसनमा कन्ट्याक्टलेस अफलाइन ‘ट्याप एण्ड पे’ सेवा सुरु गरेको छ । बैंकले ईएमभी स्ट्यान्डर्डमा आधारित टोकनाइज प्रविधिको प्रयोग गरी यो सेवा सुरु गरेको हो ।

योसँगै बैंकका ग्राहकले तोकिएका निश्चित मर्चेन्टहरूबाट पीओएस मार्फत कारोबार गर्दा बैंकको मोबाइल बैंकिङ एप्लिकेसन ‘एमबीएल एम स्मार्ट’ मार्फत् आफ्नो फोनबाट ट्याप गरी भुक्तानी गर्न सक्नेछन् ।

हाललाई यो सेवा एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइलबाट प्रयोग गर्न सकिनेछ भने सेवा शुल्क लाग्ने छैन । डिजिटल बैंकिङ सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्‍याउने र प्रविधिको प्रयोगबाट ग्राहकहरूको सुविधालाई दिने लक्ष्य राखेर ‘ट्याप एण्ड पे’ सेवा सञ्चालनमा ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ । साथै आगामी दिनहरूमा टोकनाइजलाई विस्तारै अन्य वस्तु तथा सेवाहरूमा प्रयोगमा ल्याउने बैंककाे याेजना छ ।

टोकनाइजलाई विश्वभर सुरक्षित र भरपर्दो प्रविधिको रुपमा लिने गरिन्छ । यसमा ग्राहकहरुको खाता विवरणको सट्टा सिष्टम जेनेरेटेड कोडबाट कारोबार हुनेहुँदा ग्राहकको विवरण गोप्य र सुरक्षित रहने बैंकले जनाएको छ ।

नेपालमा यो सेवा सुरु गर्न बैंकले एफवान सफ्ट इन्टरनेसनल प्रालि, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र सिटी टेक प्रालिसँगको सहकार्य गरेको छ ।

पछिल्लो अध्यावधिक: साउन २७, २०८० १५:३१