close

दराजमा किनेको सामानको भुक्तानी डिजिटलको साटो नगद गर्न चाहने ग्राहकले थप शुल्क तिर्नुपर्ने

टेकपाना टेकपाना

साउन २८, २०८० ११:४१

दराजमा किनेको सामानको भुक्तानी डिजिटलको साटो नगद गर्न चाहने ग्राहकले थप शुल्क तिर्नुपर्ने

 

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो ईकमर्स मार्केट प्लेस दराजले ‘क्याश अन डेलिभरी’ अर्थात् डेलिभरीको समयमा नगदै भुक्तानी दिन चाहने ग्राहकलाई थप शुल्क लिन थालेको छ । कम्पनीले डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न तथा नगद कारोबारलाई निरुत्साहित गर्न केही महिना अघि देखि नै यस्तो नियम ल्याएको हो । 

कम्पनीका अनुसार क्याश अन डेलिभरी गर्न चाहने ग्राहकले १० रुपैयाँ  थप शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । जति सुकै रकमको सामान मगाएको खण्डमा पनि यस्तो शुल्क भने समान लाग्ने बनाइएको छ ।

जसलाई दराजले ‘क्याश पेमेन्ट फि’ नाम दिएको छ । हाल दराजमा डिजिटल वालेटको रूपमा ईसेवा र आईएमई पे तथा कार्ड प्रदायकको रूपमा भिसा र मास्टर कार्डबाट डिजिटल भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।  

२०७७ देखि डिजिटल वालेटलाई भक्तानी माध्यमको रूपमा थप गर्नु अघि दराजमा कार्ड र नगद भुक्तानीको सुविधा मात्र रहेको थियो । 

पछिल्लो अध्यावधिक: साउन २८, २०८० ११:४६