close

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ मा

टेकपाना टेकपाना

साउन ३०, २०८० १९:०

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ मा

काठमाडौं । कक्षा १२ को परीक्षामा ननग्रेड ल्याउने विद्यार्थीका लागि असोज ६ र ७ गते ग्रेडवृद्धि परीक्षा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले दुई विषयसम्म नन ग्रेड ल्याएका विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने जनाएको छ ।

परीक्षामा ४९.०९ प्रतिशत विद्यार्थी ननग्रेडेड भएका छन् । तर दुई विषयसम्म ननग्रेडेड भएका एक लाख २३ हजार ३९६ विद्यार्थीमात्र उक्त परीक्षामा सहभागी हुन पाउनेछन् ।

त्यस्तै परीक्षाफल चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय ५०० रुपैयाँ तिरेर नतिजा पुनर्योग गराउन सकिने बोर्डले जनाएको छ । त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुनपरीक्षण गराउन सक्नेछन् । 

पछिल्लो अध्यावधिक: साउन ३०, २०८० १९:१