close

नेपाली ईस्पोर्ट्स खेलाडीलाई प्रशिक्षण दिन नेसा र फिटजीएमआर बीच समझदारी

टेकपाना टेकपाना

साउन ३२, २०८० ८:५०

नेपाली ईस्पोर्ट्स खेलाडीलाई प्रशिक्षण दिन नेसा र फिटजीएमआर बीच समझदारी

 

काठमाडौं । नेपाल ईस्पोर्ट्स एसाेसियसन (नेसा) र ईस्पोर्टस टेक्नोलोजी कम्पनी फिटजीएमआरबीच एक सम्झौता भएको छ । यी दुई संस्थाबीच नेपालमा ईस्पोर्ट्सको इकाेसिस्टम बनाउन हालै सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा फिटजीएमआरले नेपालमा खेलाडीलाई प्रशिक्षण प्रदान गर्न र उनीहरूको क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने उल्लेख छ । यसका लागि खेलाडीको शारीरिक, मानसिक लगायत सबैखाले स्वास्थ्यमा ध्यान दिन कम्पनीको एप प्रयोग गरिने बताइएकाे छ ।

त्यस्तै कम्पनीले नेपाली ईस्पोर्टस प्रशिक्षकहरूलाई अझ सबल र सक्षम बनाउन ‘ट्रेन द ट्रेनर’ कार्यक्रम समेत लागू गर्ने भएकाे छ ।

विशेषत: प्रविधि, क्षमता वृद्धि जस्ता कुरामा सहकार्य गरेको नेसाले ईस्पोर्ट्स क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको कम्पनीसँगको सहकार्यले नेपालमा यस क्षेत्रलाई ‍नयाँ आकार दिने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: साउन ३२, २०८० ८:५०