close

मनमोहन प्राविधिक विश्वविद्यालयमा इन्जिनियरिङ कार्यक्रमको भर्ना खुल्यो, कति छ शुल्क ?

टेकपाना टेकपाना

भदौ २, २०८० ८:४८

मनमोहन प्राविधिक विश्वविद्यालयमा इन्जिनियरिङ कार्यक्रमको भर्ना खुल्यो, कति छ शुल्क ?

काठमाडौं । मनमोहन प्राविधिक विश्वविद्यालयले शैक्षिक सत्र २०८० का लागि इन्जिनियरिङका विषयमा भर्ना खुला गरेको छ । विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङले एक सूचना निकाल्दै स्नातक तहमा भर्ना खुला गरेको जानकारी दिएको हो ।

विश्वविद्यालयले इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ (२४ विद्यार्थी कोटा) र सिभिल इन्जिनियरिङ (४८ विद्यार्थी कोटा) को भर्ना खुला गरेको छ । भर्ना हुन इच्छुक विद्यार्थीका लागि विश्वविद्यालयले असोज १० गते इन्जिनिरिङ प्रवेश परीक्षा (एमईईटी) सञ्चालन गर्नेछ ।

इच्छुक विद्यार्थीले नियमित शुल्कमा भदौ ३१ र विलम्ब शुल्कमा असोज ५ सम्म फारम भर्नुपर्ने छ । विद्यार्थीले अनलाइनबाट फाराम डाउनलोड गर्न सक्नेछन् ।

यी विषयमा भर्ना हुन कक्षा ११/१२ मा भौतिकशास्त्र, रसायनशास्त्र र गणित विषय लिई प्रत्येक विषयमा न्यूनतम 'सी' ग्रेड अथवा ४५ प्रतिशत ल्याएको हुनुपर्छ ।

विश्वविद्यालयले इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङको शुल्क पाँच लाख ८० हजार र सिभिल इन्जिनियरिङको पाँच लाख ९० हजार रुपैयाँ तोकेको छ ।

भर्नाबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: भदौ २, २०८० ९:४१