close

पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ पढ्न चाहनेका लागि भर्ना प्रक्रिया सुरु

टेकपाना टेकपाना

भदौ २, २०८० १४:३७

पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ पढ्न चाहनेका लागि भर्ना प्रक्रिया सुरु

 

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायले शैक्षिक सत्र २०८०/८१ का लागि भर्ना खुला गरेको छ । एक सूचना प्रकाशित गर्दै विश्वविद्यालयले स्नातक तह अध्ययनको प्रवेश परीक्षाका लागि अनलाइन फाराम भर्न आह्वान गरेको हो । इच्छुक विद्यार्थीले दुई हजार रुपैयाँ तिरेर प्रवेश परीक्षाका लागि अनलाइन आवेदन दिनसक्ने छन् । 

कक्षा ११/१२ फिजिक्स, केमेस्ट्री, म्याथ (कम्प्युटर इन्जिनियरिङका लागि कम्प्युटर) लिई प्रत्येक विषयमा न्यूनतम ‘सी’ ग्रेड, २.० सीजीपीए वा सो सरहको तहमा ४५ प्रतिशत भन्दा बढी प्राप्त गरी उत्तीर्ण विद्यार्थीले आवेदन दिन सक्नेछन् ।

असोज १३ गते हुने प्रवेश परीक्षामा सहभागी हुन इच्छुक विद्यार्थी यहाँ क्लिक गरी फारम भर्नुपर्ने छ ।  परीक्षा केन्द्रहरू भने अर्को सूचनामा प्रकाशन गर्ने विश्वविद्यालयले जनाएकाे छ । 

यस सङ्कायले कम्प्युटर इन्जिनियिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स, कम्प्युनिक्सन एन्ड अटोमेसन इन्जिनियरिङ जस्ता कोर्ष सञ्चालन गरिरहेको छ ।

हेर्नुहोस् सूचना

पछिल्लो अध्यावधिक: भदौ २, २०८० १४:३७