काठमाडौं । सिप्रदी तथा टाटा मोटर्सले ‘द ग्रेट एक्सचेन्ज फेस्टिभल’ एक्सचेन्ज क्याम्प सुरु गरेको छ । शुक्रबारदेखि भदौ ५ गतेसम्म जारी रहने यो एक्सचेन्ज क्याम्प सिप्रदीको नेपालभर रहेका टाटा मोटर्स शोरुमहरुमा सञ्चालन भएकाे हाे ।
यसअन्तर्गत पेट्रोल, डिजेलबाट चल्ने सवारी साधनलाई टाटा मोटर्सका विद्युतीय सवारी नेक्सन ईभी तथा टिगोर ईभीसँग साट्न सकिने छ । साथै एकै ठाउँबाट ग्राहकको गाडीको मूल्यांकन, न्यूनतम चार लाखको गाडी मूल्यांकन, एकै ठाउँमा इन्स्योरेन्सको सुविधा, ८० प्रतिशतसम्म नयाँ गाडी फाइनान्सिङको सुविधा पनि दिइने कम्पनीले उल्लेख गरेको छ ।
यो अवधिभर गाडीसम्बन्धी परामर्श तथा सल्लाह सुझाव उपलब्ध गराइनुका साथै गाडी मूल्यांकन गर्न आउने ग्राहकले निःशुल्क गाडीको थप एक्सेसोरिज प्रदान गर्ने कम्पनीले जनाएकाे छ ।
कम्पनीका अनुसार गाडी मूल्यांकन गर्न आउने ग्राहकले तुरुन्तै उपहार पाउनुका साथै हरेक दिन लक्की ड्र मार्फत पाँच जना भाग्यशाली ग्राहकले स्मार्टवाच जित्न सक्नेछन् ।