close

उत्कृष्ट थेसिस तयार पार्ने दुई विद्यार्थीलाई नेपाल प्रविधि विद्याभूषण प्रदान गरिने

टेकपाना टेकपाना

भदौ २, २०८० १८:१३

उत्कृष्ट थेसिस तयार पार्ने दुई विद्यार्थीलाई नेपाल प्रविधि विद्याभूषण प्रदान गरिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानका दुई विद्यार्थीलाई नेपाल प्रविधि विद्याभूषण पुरस्कारबाट सम्मानित गरिने भएको छ ।

विश्वविद्यालय अनुदान आयोगले आगामी असोज २ गते राष्ट्रिय शिक्षा दिवसको अवसरमा विद्यार्थीलाई पुरस्कृत गर्ने भएको हो । त्यसका लागि आयोगले आवेदन माग गर्नुका साथै तोकिएको मापदण्ड र ढाँचामा साउन १९ गतेभित्र आवेदन दिन माग गरेको छ ।

त्यही त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनकाे कार्यालयले आफू अन्तर्गतका सबै विभाग तथा क्याम्पसहरूमा नामावली छनोट तथा सिफारिस गरी पठाउन पत्राचार गरेको छ । स्नातकोत्तर वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीले तयार पारेको उत्कृष्ट शोधपत्रका आधारमा विद्यार्थी छनाेट हुने बताइएकाे छ ।

नेपालसँग सम्बन्धित विषय समावेश भएको, नयाँ प्रविधि विकास हुने तथा सम्बन्धित अध्ययनलाई निरन्तरता दिन वा प्रयोग गर्न सकिने गरी तयार गरिएको शोधपत्रका अनुसन्धानदाता विद्यार्थीलाई पुरस्कृत गर्ने आयोगले जनाएको छ ।

आयोगले सोही दिन नेपाल विद्याभूषण, नेपाल छात्रा विद्या पदक लगायतका पुरस्कारहरू पनि  प्रदान गर्नेछ ।

पछिल्लो अध्यावधिक: भदौ २, २०८० १८:१३