close

प्रिमियम लुक्स भएको अनर ब्रान्डको ल्यापटप ‘म्याजिकबुक एक्स १४’ नेपाली बजारमा आउँदै

टेकपाना टेकपाना

भदौ ५, २०८० १६:३४

प्रिमियम लुक्स भएको अनर ब्रान्डको ल्यापटप ‘म्याजिकबुक एक्स १४’  नेपाली बजारमा आउँदै

काठमाडौं । नेपाली बजारमा अनरको म्याजिकबुक एक्स १४ ल्यापटप सार्वजनिक हुने भएको छ । नेपालका लागि अनरको आधिकारिक आयातकर्ता बाइट वेभ इनोभेसन प्रालिले याे ल्यापटप भित्र्याउन लागेकाे हो ।

८ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भरियन्टको यो ल्यापटप आउँदाे सोमबारेदेखि खरिद गर्न सकिनेछ । अनरले विश्व बजारमा यसै वर्ष ल्याएको याे ल्यापटप इन्टेल कोर १२ जेन आईफाइभ (i5-12450H) प्रोसेसरबाट सञ्चालित छ ।

१६.५ एमएम चौडाइ भएको यसको तौल १.४ केजी छ । १४ इन्चको डिस्प्ले भएको ल्यापटपमा विभिन्न किसिमका आई कम्फर्ट मोडहरू छन् । यसमा प्रिमियम आल्मुनियम मेटल बडी दिइएको छ ।

ब्याट्रीको सन्दर्भमा कम्पनीले ल्यापटपमा ६० वाट आवर क्षमताको ब्याट्री उपलब्ध गराएको छ । यसले १२ घन्टासम्मको ब्याट्री ब्याकअप दिने कम्पनीको दाबी छ ।

यससँगै कम्पनीले ६५ वाटको टाइप-सी चार्जर पनि उपलब्ध गराएको छ । यसको सहायताले ल्यापटप आधा घन्टामा ४५ प्रतिशत चार्ज गर्न सकिन्छ ।

यसैगरी अनर म्याजिकबुक १४ मा पावर बटन र फिङ्गरप्रिन्ट सेन्सर एउटै बटनमा उपलब्ध गराइएको छ । त्यससँगै ल्यापटपमा ७२० पिक्सेलको वेब क्याम समावेश छ ।

प्रयोगकर्तालाई स्तरीय अनुभव दिन कम्पनीले यो ल्यापटपको किबाेर्डमा ब्याकलिट की राखेको छ । यसको सहायताले रातको समयमा पनि किबोर्डमा डिम लाइट राखेर काम गर्न सकिन्छ । यी कीस्ट्रोककाे डेप्थ १.५ एमएम छ ।

यो ल्यापटपले ८ जीबी एलपीडीडीआर  फोर एक्स डुअल च्यानल र्‍याम र ५१२ जीबी पीसीआईई एनभीएमई एसएसएडी ओगटेको छ । यो एसएसडी सबैभन्दा फास्ट स्पीड हुने एसएसडीमध्ये एक रहेको कम्पनीको भनाइ छ ।

यसलाई फोटो तथा भिडिओ एडिट गर्न, कोडिङ गर्न वा गेमिङका लागि प्रयोग गर्न सकिन्छ । 

डिफल्ट रूपमा कम्पनीले अनर म्याजिकबुक एक्स १४ मा विन्डोज ११ ओएस दिएको छ । चार्ज गर्न टाइप-सी पोर्ट, दुई ओटा यूएसबी ए पोर्ट, एउटा एचडीएमआई पोर्ट भएको ल्यापटपमा ३.५ एमएम हेडफोन ज्याक दिइएको छ । 

करिब ८९ हजार रुपैयाँ पर्ने यो ल्यापटप आउँदाे सोमबारदेखि खरिद गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: भदौ ५, २०८० १६:५४