close

इन्जिनियरिङको नयाँ शुल्क तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

टेकपाना टेकपाना

भदौ ८, २०८० १७:४७

इन्जिनियरिङको नयाँ शुल्क तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल इन्जिनियरिङ कार्यक्रमकाे शुल्क तत्काल नबढाउन इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)लाई निर्देशन दिएका छन् । अवैज्ञानिक ढंगले शुल्क बढाइएकाे भन्दै विद्यार्थी संगठनहरूले विराेध गरेपछि प्रधानमन्त्रीले आईओईकाे निर्णय कार्यान्वयन नगराउन निर्देशन दिएकाे बुझिएकाे छ ।

आईओईले तोकेको नयाँ शुल्क समय सान्दर्भिक छ/छैन भनेर निर्क्योल् गर्न एउटा समिति गठन गर्न त्रिभुवन विश्वविद्यालयलाई प्रधानमन्त्रीले निर्देशन दिएको नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।

“आईओईले हाल तोकेको शुल्क कार्यान्वयन नगर्नू भन्ने निर्देशन प्रधानमन्त्रीबाट भएको छ,” प्रधानमन्त्रीसँगकाे छलफलपछि उनले टेकपानासँग भनिन्, “त्यस्तै आईओईको उक्त कदमबारे अध्ययन गर्न प्रधानमन्त्रीले समिति बनाउन निर्देशन दिनुभएकाे छ ।’’

साथै आईओईलाई बजेट अभाव भए सरकारले सहयोग गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले दिएकाे पनि उनले जानकारी दिइन् ।

आईओईले यसै शैक्षिक सत्रदेखि आफ्ना आङ्गिक क्याम्पसहरूमा लागू हुने गरी स्नातक (बी.ई./बी. आर्क.) तहको नियमित शुल्क ३५ हजारबाट ८२ हजार र पूर्ण शुल्क तर्फ तीन लाख ३० हजारबाट सात लाख ७५ हजार पुर्‍याएको थियो ।

पछिल्लो अध्यावधिक: भदौ ८, २०८० १९:४०